अनशनमा बसेका डा. केसी अस्पताल भर्ना

डा‍. गोविन्द केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनलाई मांसपेशी बाउडिने र हिँडडुल गर्न समस्या भइरहेको छ ।

श्रावण ९, २०८३

रञ्जना बिसी

Dr. KC, who had begun a hunger strike, admitted to hospital

कैलाली — धनगढीमा २४औं सत्याग्रह सुरु गरेका  डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको लगिएको छ ।

डा. केसीको रगतमा सुगरको मात्रा घटेर ५० पुगेको र रक्तचापमा पनि उतारचढाव देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल लगिएको हो । 

केसीका सहयोगी डा. अमृत जैसीका  अनुसार केसीलाई मांसपेशी बाउडिने र हिँडडुल गर्न समस्या भइरहेको छ । उनलाई  अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा राखिने छ ।

डा‍. केसीविरुद्ध स्थानीय भने विरोध प्रदर्शन गरिरहेका छन् । अनशन स्थलमै पुगेर उनीहरुले तत्काल अनशन तोड्नुपर्ने दबाब दिँदै नाराबाजी गरेका हुन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डा. केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सिर्जना गर्न खोजेको स्थानीयको आरोप छ । 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आएका अभियन्ता डा. केसीले सरकारले विगतका सम्झौता र आफ्ना मागहरूप्रति बेवास्ता गरेको भन्दै बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह सुरु गरेका हुन्।  

रञ्जना

Link copied successfully