जलनबाट अश्विन राउतको निधन

वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

असार २७, २०८३

रासस

Ashwin Raut dies from burns

काठमाडौँ — बुद्धनगरका ४५ वर्षीय अश्विन राउतको जलबाट मृत्यु भएको छ ।

वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । 

'हामीले उहाँलाई बचाउन हरसम्भव प्रयास गर्‍यौँ तर अत्यधिक जलनका कारण बचाउन सकिएन । उहाँको अनुहारसहित श्वासप्रश्वास नलीमा पनि आगोले धेरै असर गरेको थियो,' डा. लामिछानेले भने । 

राउतले शनिबार आफैंलाई आगो लगाएका थिए । आगो लगाएको खबर पाएलगत्तै घाइते उनलाई काठमाडौं प्रहरीको टोलीले उनलाई वीर अस्पताल पुर्‍याएको थियो । प्रहरीको प्रारम्भिक जाँचमा उनले घरायसी विवादमा आफैंलाई आगो लगाएका थिए ।

- नेपाल मानसिक अस्पताल आत्महत्या सहायता हटलाइन : ११६६

- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आत्महत्या रोकथाम हटलाइन : ९८४००२१६००

- पाटन अस्पताल आत्महत्या रोकथाम संकट सहायता हटलाइन : ९८१३४७६१२३

- ट्रान्सकल्चरल साइकोसोसल अर्गनाइजेसन (TPO) नेपाल सहायता हटलाइन : १६६००१०२००५

रासस

Link copied successfully