बुद्धनगरमा अर्का व्यक्तिले आफैंलाई आगो लगाए, अस्पताल पुर्‍याइयो

घाइते ४५ वर्षीय अश्विन राउतलाई काठमाडौं प्रहरीको टोलीले उनलाई वीर अस्पताल पुर्‍याएको एसपी पवन भट्टराईले जानकारी दिए ।

असार २७, २०८३

गौरव पोखरेल

Another person sets himself on fire in Buddhanagar, taken to hospital

काठमाडौँ — काठमाडौंको बुद्धनगरमा अर्का एक व्यक्तिले आफैंलाई आगो लगाएका छन् । 

आगो लगाएको खबर पाएलगत्तै घाइते ४५ वर्षीय अश्विन राउतलाई काठमाडौं प्रहरीको टोलीले उनलाई वीर अस्पताल पुर्‍याएको एसपी पवन भट्टराईले जानकारी दिए । 

उनको छोरासँग केही विषयमा विवाद भएको प्रारम्भिक जाँचमा खुलेको छ । घरमा श्रीमती र छोरासहित उनी बस्दै आएका थिए ।

छोरा र श्रीमती नभएका बेला भान्छा कोठामा गएर उनले आफैंलाई आगो लगाएका थिए ।

- नेपाल मानसिक अस्पताल आत्महत्या सहायता हटलाइन : ११६६

- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आत्महत्या रोकथाम हटलाइन : ९८४००२१६००

- पाटन अस्पताल आत्महत्या रोकथाम संकट सहायता हटलाइन : ९८१३४७६१२३

- ट्रान्सकल्चरल साइकोसोसल अर्गनाइजेसन (TPO) नेपाल सहायता हटलाइन : १६६००१०२००५

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully