टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाइ, दिगम्बर झासहित दोषी ठहर

विशेष अदालतले दिगम्बर झालगायतलाई भने दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार यस्तो फैसला सुनाएको हो ।

असार २२, २०८३

दुर्गा दुलाल

Mohan Basnet acquitted in Terramax case, Digambar Jha and others found guilty

काठमाडौं — विशेष अदाललते टेरामक्स प्रकरणमा कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।

अदालतले दिगम्बर झालगायतलाई भने दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार यस्तो फैसला सुनाएको हो ।

विशेष अदालतले पूर्वसचिव धनराज ज्ञवाली, दुरसञ्चार प्राधिकरणका अध्यक्ष झासहितलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध १ जेठ २०८२ मा मुद्दा दायर भएको थियो ।उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिवाना हुने ठहर गरेको छ । विशेष अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिवाना मात्रै ठहर गरेको हो ।

अदालतले झालाई थप ६ महिना कैद सजाय सुनाएको छ । उनी प्राधिकरणको अध्यक्ष भएकोले थप सजाय हुने फैसलामा उल्लेख छ ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully