जेन-जी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाको पेशी स्थगित पत्र महान्यायाधिवक्ता कार्यालयको पत्र 

महान्यायाधिवक्ताको कार्यालयले‍ जेन-जी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न देशभरका सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको छ।

असार २१, २०८३

कान्तिपुर संवाददाता

Letter from the Attorney General's Office postponing the hearing of criminal cases related to the Gen-G movement

काठमाडौँ — महान्यायाधिवक्ताको कार्यालयले ‘जेन–जी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाको पेशी स्थगित गर्न देशभरका सरकारी वकिल कार्यालयहरूलाई  पत्र लेखेर निर्देशन जारी गरेको छ। 

वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछिका महान्यायाधिवक्ता नारायणदत्त कडेँल छन् ।  सरकारले उक्त आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने प्रक्रिया अघि बढाएपछि यस्तो निर्देशन आएको हो ।

सरकारी वकिल कार्यालयको कर्मचारी प्रशासन शाखाले असार १९ गते सबै उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयलाई पत्राचार गर्दै अदालती प्रक्रिया रोक्न भनेको हो । गृह मन्त्रालयले असार १८ गते गरेको निर्णयअनुसार जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा लागेका फौजदारी अभियोगका विषयमा छानबिन गरी सिफारिस गर्न सरकारले कार्यदल बनाउँदैछ । सोही कार्यदलको प्रतिवेदन नआएसम्मका लागि पेशी स्थगित गर्न भनिएको हो ।

विशेषगरी २०८२ साल भदौ २३ र २४ गतेका घटनामा संलग्न भएको आरोपमा विभिन्न अदालत र मुद्दा हेर्ने अधिकारीसमक्ष दायर भएका फौजदारी मुद्दाहरू यसबाट प्रभावित हुनेछन् ।

सहायक न्यायाधिवक्ता विश्वास तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा ‘उक्त कार्यदलबाट प्रतिवेदन पेस नभएसम्मका लागि सम्बन्धित मुद्दाहरूको पेशी स्थगितको अनुरोध भई आएको हुँदा सहजीकरण गर्न’ निर्देशन दिइएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले यो निर्देशनको बोधार्थ सर्वोच्च अदालत र गृह मन्त्रालयलाई पनि पठाएको छ ।  गृहमन्त्री सुदन गुरुङ पुन: गृह मन्त्रालयमा फर्केपछि २६ जेठमा जेन-जी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय गरेका थिए ।  अध्ययन कार्यदल वा समिति बन्नाउने तयारीसँगै महान्यायाधिवक्ता कार्यालयले आफूमातहतमा उच्च र जिल्ला सरकारी वकिल कार्यालयमा पत्र लेखेको हो । 

जेन-जी घटनामा संलग्नमाथि विभिन्न जिल्लामा जाहेरी दिने अनि अनुसन्धान हुँदै मुद्दा दर्ता भएको भनी गुनासो आएपछि सरकारले अध्ययन कार्यदल बनाउने निर्णय गरेको थियो । 

जेन-जी अगुवा उपार्जुन चाम्लिङका अनुसार ९३५ जनालाई विभिन्न अदालतमा मुद्दा चलाइएको छ ।  जेन-जी आन्दोलनमा सहभागी भएकै कारण थुनामा रहेको भन्दै केही अभिभावकहरू माइतीघरमै आन्दोलनमा उत्रेकाले अहिलेलाई मुद्दा सुनुवाइ स्थगित गर्न पत्र लेखिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

Letter from the Attorney General's Office postponing the hearing of criminal cases related to the Gen-G movement

कान्तिपुर

Link copied successfully