बुधबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले त्यस्तो आदेश गरेको हो ।
काठमाडौं — विशेष अदालतले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रेस) का तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग अमेरिकी पीआर (स्थायी बसोबास)को प्रमाणबरे राय लिन आदेश गरेको छ ।
बुधबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले त्यस्तो आदेश गरेको हो । सरकारी वकिलको कार्यालयले उनको अमेरिकी पीआरसम्बन्धी प्रमाण पेस गरेको थियो । उक्त प्रमाणबारे प्रतिवादीको राय लिन आदेश भएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन् ।
पौडेलले अमेरिकी पीआर लिएको कुरा ढाँटेर पदमा बहाल रहेको आरोपमा २०८१ वैशाख ९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । सोही मुद्दाको सुनुवाइका क्रममा विशेष अदालतमा पेसी चढेको थियो । उनी यसअघी भ्रष्टाचार मुद्दामा दोषी भएर थुनामा छन् ।
