एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार म्याद थपका लागि अदालत पेस गरेको थियो ।

असार ९, २०८३

मातृका दाहाल

Permission granted to detain UML Vice-President and former Finance Minister Bishnu Poudel for 7 days

काठमाडौँ — विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार म्याद थपका लागि अदालत पेस गरेको थियो । 

न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट पहिलोपटक ७ दिनको म्याद थप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ । आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ । 

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई मंगलबार नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको हो । 

सम्बन्धित समाचार

विशेषको अदालतले पौडेलमाथि म्यादसम्बन्धी जारी गरेको सूचना  

Permission granted to detain UML Vice-President and former Finance Minister Bishnu Poudel for 7 days

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully