एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ

गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।

असार ८, २०८३

तृप्ति शाही

UML Vice President and Former Finance Minister Bishnu Poudel Arrested

काठमाडौँ — एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । उनलाई विभागको पक्राउ पुर्जीको आधारमा सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।  

कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटाका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । उनलाई नेपालगन्ज हुँदै काठमाडौं पठाउने तयारी भइरहेको छ । यस विषयमा सुरक्षा अधिकारीहरू छलफलमा छन् ।

स्थलमार्ग वा सुर्खेतबाट नेपालगन्ज लगेर त्यहाँबाट जहाजमा काठमाडौं पठाउने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । 

पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा लागि आइतबार सुर्खेत पुगेका थिए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully