सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो । पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो ।
सुर्खेत — एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई नेपालगन्ज पठाइएको छ । केहीबेर अघि पौडेललाई नेपालगन्जतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी ठाकुरप्रसाद पोखरेलले कान्तिपुरलाई बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो । पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । उनलाई विभागको पक्राउ पुर्जीको आधारमा सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछि पौडेललाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटाले बताए । उनका अनुसार पौडेललाई नेपालगन्ज हुँदै काठमाडौं पठाउने तयारी छ ।
पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा लागि आइतबार सुर्खेत पुगेका थिए ।
