प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको थियो ।
काठमाडौँ — प्रहरीले सचिव कृष्णहरि पुष्करलाई सोधपुछ गरेर छाडेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको थियो । तर, बेलुकी अबेरसम्म सोधपुछ गरेर छाडिएको मन्त्रालयका एक अधिकारीले कान्तिपुरसँग बताए ।
कार्यालयबाट खटिएका एक प्रहरी निरीक्षकको टोलीले उनलाई कपनस्थित घरबाटै नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो । त्यसपछि उनीसँग केही विषयमा सोधपुछ गरिएको प्रहरी स्रोतले पनि पुष्टि गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार, उनीमाथि ‘चेन अफ कमाण्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप छ । काठमाडौंका प्रहरी अधिकृतहरुले पक्राउबारे औपचारिकरुपमा बताएका छैनन् ।
उच्च स्रोतले भने तत्काललाई उनलाई मुद्दा चलाउने किसिमको पर्याप्त आधार नदेखिएपछि सोधपुछपछि छाडिएको बताएको छ ।
९ मंसिर २०८२ मा मुख्यसचिव एकनारायण अर्यालले अवकाश पाएपछि पुष्करसमेत मुख्यसचिवका दाबेदारसमेत थिए । तर, सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।
![Police release Secretary Krishnahari Pushkar after questioning [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/krishna-hari-puskar-0462026071430-1000x0.jpg&w=1001&h=0)