ब्रेकिङ : सचिव कृष्णहरि पुष्कर प्रहरी नियन्त्रणमा 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको गृह मन्त्रालय उच्च स्रोतले पुष्टि गरेको छ ।

जेष्ठ २१, २०८३

गौरव पोखरेल

Breaking: Secretary Krishnahari Pushkar under police control

काठमाडौँ — प्रहरीले सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको गृह मन्त्रालय उच्च स्रोतले पुष्टि गरेको छ । प्रहरीले उनलाई कपनस्थित घरबाटै नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो । 

मन्त्रालय स्रोतका अनुसार, उनीमाथि ‘चेन अफ कमाण्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप छ । काठमाडौंका प्रहरी अधिकृतहरुले पक्राउ गर्नुको विस्तृत विवरण खुलाएका छैनन् । 

उच्च स्रोतले भने तत्काल उनलाई मुद्दा चलाउने किसिमको पर्याप्त आधार नदेखिए पनि सोधपुछ भइरहेको बताएको छ । 

९ मंसिर २०८२ मा मुख्यसचिव एकनारायण अर्यालले अवकाश पाएपछि पुष्करसमेत मुख्यसचिवका दाबेदारसमेत थिए । तर, सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

यो पनि पढ्नुहोस् 

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully