सभामुख डोलप्रसाद अर्यालको सोमबारको सिफारिसमा सचिव राईलाई राष्ट्रपति पौडेलले पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी गराएका छन् ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन् ।
सभामुख डोलप्रसाद अर्यालको सोमबारको सिफारिसमा सचिव राईलाई राष्ट्रपति पौडेलले पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी गराएका छन् ।
'राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सभामुख डोलप्रसाद अर्यालको २०८३/०१/२८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम हर्कराज राईलाई २०८३/०१/२९ गतेदेखि प्रतिनिधिसभाको सचिवको पदबाट हटाउनुभएको छ,' प्रवक्ता शाक्यले जारी विज्ञप्तिमा उल्लेख छ ।
राई २०८१ पुस १६ मा प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका थिए।