१४ वैशाखमा दर्ता भएको निवेदनमा दोस्रो सुनुवाइ हुन सकेको छैन ।
काठमाडौँ — व्यवसायी शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।
सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि थुनामा रहेका गोल्छाका तर्फबाट श्रीमती सीमा गोल्छाले सर्वोच्चमा निवेदन दिएकी थिइन् । १४ वैशाखमा दर्ता भएको निवेदनमा दोस्रो सुनुवाइ हुन सकेको छैन ।
१५ वैशाखमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीसहित २४ घण्टाभित्र उपस्थित गराउने भनी आदेश गरेको थियो । १६ र १७ वैशाखमा पेसी तोकिए पनि हेर्न नभ्याइने र नमिल्ने हुँदै सुनुवाइ सरेको थियो ।
गोल्छा वैशाख १० गते पक्राउ परेका थिए ।
