पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश 

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने आदेश दिएको छ ।

वैशाख ३, २०८३

तुफान न्यौपाने

Supreme Court orders release of former minister and Congress leader Deepak Khadka from detention

काठमाडौँ — सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । 

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने आदेश दिएको छ । खड्कालाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत १५ मा पक्राउ गरेको थियो । 

उनलाई राजस्व छलीमा पनि थप अनुसन्धान गर्ने गरी चैत ३० मा राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको थियो । तर त्यसक्रममा उनलाई पक्राउ पुर्जी नदिइएको र हिरासत बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने अवस्था देखिएको भन्दै सर्वोच्च अदालतले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो । 

खड्काकी श्रीमती विनिता थापाले अदालतमा वन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन् ।   

तुफान न्यौपाने कान्तिपुर दैनिकमा राजनीति, न्याय प्रणाली तथा सुशासनसम्बन्धी रिपोर्टिङ गर्छन् ।

Link copied successfully