उद्धारपछि समिताको नर्भिक अस्पतालमा उपचार गरिएको थियो ।
What you should know
काठमाडौँ — समितामाया तामाङलाई साँखुस्थित द्धन्द्धपीडित तथा अपांग समाजले राख्ने भएको छ । धादिङ गजुरी–४ की १० वर्षीया समितामाया ५ वर्षदेखि बाख्राको खोरमा राखिएको अवस्थामा केही दिनअघि उद्धार भएको थियो ।
समितामायालाई प्रतिनिधिसभा सदस्य आशिका तामाङको नेतृत्वमा उद्धार गर्न ताकेश्वर–७ फुटुङस्थित नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालको समूह धादिङ पुगेको थियो । पारिवारिक स्रोतका अनुसार समितामायाको मानसिक अवस्था ठिक नभएको र भागेर जान खोज्ने, झ्यालबाट खस्न खोज्ने भएको सलले बाँधेर खोरमा राख्ने गरिएको हो ।
उद्धारपछि समिताको नर्भिक अस्पतालमा उपचार गरिएको थियो । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीको सहयोगमा समिताको निःशुल्क उपचार भएको थियो ।
उपचारपछि चिकित्सकले उनमा अटिजमको लक्षण देखिएको पुष्टि गरेका थिए । अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको दुर्गानाथ दाहालले बताए । उपचारपछि उनलाई नवजीवन परोपकार समाजमा राखिँदै आएको थियो । ‘हामीले जेष्ठ नागरिक मात्रै राख्ने भएकाले स्याहार नपुग्ने र कानुनी पाटोबाट पनि समस्या हुनसक्ने भएकाले राख्न सकेनौं,’ उनले भने । दाहालका अनुसार समिताको आरक्षणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सीता बादीसँग पनि सहयोगको अपिल भएको थियो । ‘शान्ति सेवा गृहका कार्यक्रम सञ्चालक विजेन्द्र कुवारको सहयोगमा द्धन्द्धपीडित तथा अपांग समाज नेपाल साँखुमा राख्ने व्यवस्था भएको हो,’ उनले भने ।
काठमाडौंको साँखुस्थित उक्त संस्था एक गैरसरकारी संस्था हो, जसले सन् २००५ देखि द्वन्द्व प्रभावित र अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न काम गरिरहेको छ । यस संस्थाले आश्रयस्थल सञ्चालन गरी हाल ५५ जना अपांगता भएका तथा द्धन्द्ध प्रभावित व्यक्तिहरूको उद्धार र आरक्षण दिएको संस्थापक अध्यक्ष युवराज थापाले जनाए ।
याे पनि पढ्नुहाेस्
