अमेरिका-इरान युद्धविरामको नेपालले गर्‍यो स्वागत

नेपाल दिगो शान्ति र स्थिरताका लागि अन्तर्राष्ट्रिय समुदायलाई जुनसुकै सहयोग पनि गर्न तयार रहेको परराष्ट्र मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

चैत्र २५, २०८२

इकान्तिपुर डेस्क

Nepal welcomes US-Iran ceasefire

काठमाडौँ — नेपालले अमेरिका-इरान युद्धविरामलाई स्वागत गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिका र इरानबीच भएको दुई साताका लागि भएको युद्धविरामको स्वागत गरेको हो । परराष्ट्रले उक्त कदमलाई पश्चिम एसियामा देखिएको तनाव कम गर्न र संवाद, कूटनीतिमार्फत नै शान्तिपूर्ण समाधान निकाल्ने अवसर भनेको छ । 

'नेपालले यस विकासलाई त्यस क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने सकारात्मक कदमका रूपमा लिएको छ, साथै विवादहरूको शान्तिपूर्ण समाधानको पक्षमा आफ्नो स्थायी अडानलाई पुनः दोहोर्‍याएको छ,' वक्तव्यमा भनिएको छ । त्यस्तै द्वन्द्वका क्रममा निम्तिने मानवीय संकटप्रति पनि परराष्ट्र मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । साथै सर्वसाधारणको सुरक्षालाई सुनिश्चित गर्नुपर्ने परराष्ट्रको वक्तव्यमा उल्लेख छ ।

नेपाल दिगो शान्ति र स्थिरताका लागि अन्तर्राष्ट्रिय समुदायलाई जुनसुकै सहयोग पनि गर्न तयार रहेको परराष्ट्र मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।  

इकान्तिपुर

Link copied successfully