इरान युद्धमा दुई साताको युद्धविराम, हर्मुज खोल्न तयार

इरानले १० बुँदै शान्ति प्रस्ताव पठाएको र र यसमा छलफल चलिरहेको ट्रम्पले बताए ।

चैत्र २५, २०८२

कान्तिपुर संवाददाता

Iran agrees to two-week ceasefire in war, ready to open Hormuz

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा दुई साता लामो युद्धविराम घोषणा गरेका छन् । इरानले तत्कालै सुरक्षित रुपमा हर्मुज जलघाँटी खुला गर्ने सहमति गरेसँगै युद्धविरामका लागि तयार भएको ट्रम्पले बताए । 

पाकिस्तानले यसका मध्यस्थता गरेको थियो । यो वार्ता जारी नै छ । इरानले १० बुँदै शान्ति प्रस्ताव पठाएको र र यसमा छलफल चलिरहेको ट्रम्पले बताए ।

यसअघि ट्रम्पले मंगलबार राति ८ बजे पूर्वीय समय (नेपाली समयअनुसार बुधबार बिहान ५ बजेर ४५ मिनेट जादाँ) हर्मुज नखोले एउटा सभ्यता नै ध्वस्त हुने चेतावनी इरानलाई दिएका थिए । आफ्नो समयसीमा अगावै ट्रम्पले नयाँ सहमति भएको घोषणा गर्दा सम्भावित जोखिम तत्काललाई टरेको छ ।

कान्तिपुर

Link copied successfully