२७ दिनपछि आफन्तले बुझ्दै इनिशाको शव, भेरी किनारमा दाहसंस्कार गरिने

जिल्ला अदालत सुर्खेतले बलात्कार र हत्या प्रकरणमा चार जना अभियुक्तलाई बाल सुधार गृहमा पठाउने आदेश दिएपछि परिवार शव बुझ्न तयार भएकाे हाे ।

चैत्र १९, २०८२

ज्योति कटुवाल

Relatives recover Inisha's body after 27 days, cremation to be held on the banks of Bheri

सुर्खेत — सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि आफन्तले शव बुझ्ने भएका छन्। बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने तयारी गरिएको परिवारले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिका–१ क्षेत्रमा गत फागुन २३ गते इनिशा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो।

दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै विभिन्न चरणमा प्रदर्शनसमेत भएका थिए। पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलनमा समय लाग्दा शव लामो समयसम्म अस्पतालमै राखिएको थियो।

कानुनी प्रक्रिया पूरा भएपछि २७ दिनपछि मात्रै परिवारले शव बुझ्ने सहमति जनाएको प्रहरीले जानकारी दिएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully