लुम्बिनी प्रदेश सभासद शर्मालाई ३ दिन हिरासतमा राख्न अनुमति

लुम्बिनी प्रदेश सभासद रेखा शर्मालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Lumbini Province Assembly member Sharma granted 3-day detention

काठमाडौँ — लुम्बिनी प्रदेश सभासद रेखा शर्मालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । एमालेबाट निर्वाचित शर्मा आइतबार राति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी थिइन् ।

उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुर गरेको आरोप छ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो ।

ती बालिकाबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा 'सरी नानु ! तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ' भनेर लेखेका थिए । 

साथै उनले 'यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छ' भन्ने पनि उल्लेख गरेका थिए ।

Lumbini Province Assembly member Sharma granted 3-day detention

Lumbini Province Assembly member Sharma granted 3-day detention

कान्तिपुर

Link copied successfully