लुम्बिनी प्रदेश सभासद रेखा शर्मा पक्राउ

केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुर गरेको आरोप लगाइएको छ ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Lumbini Province Assembly Member Rekha Sharma arrested

काठमाडौँ — लुम्बिनी प्रदेश सभासद रेखा शर्मा पक्राउ परेकी छिन्। एमालेबाट निर्वाचित उनी आइतबार राति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक सन्तोष खड्काले बताए । 

उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुर गरेको आरोप छ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो ।

ती बालिकाबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा 'सरी नानु ! तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ' भनेर लेखेका थिए । 

साथै उनले 'यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छ' भन्ने पनि उल्लेख गरेका थिए ।

कान्तिपुर

Link copied successfully