अब नेकपा महाधिवेशनमा जान्छ : दाहाल

जनवर्गीय संगठनका प्रमुखहरूसँग बिहीबार भएको छलफलमा पार्टी महाधिवेशन गरी नयाँ तरिकाले जाने बताएका हुन् ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Now the NCP will go to the general convention: Dahal

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पार्टीको एकता महाधिवेशनको तयारीमा जाने बताएका छन् । जनवर्गीय संगठनका प्रमुखहरूसँग बिहीबार भएको छलफलमा पार्टी महाधिवेशन गरी नयाँ तरिकाले जाने बताएका हुन् । 

‘पार्टी महाधिवेशनमा छिट्टै जान्छ । पार्टीलाई नयाँ ढंगले लैजानुपर्ने आवश्कता छ,’ उनले भने । 

बैठकमा दाहालले नेकपा सुरुदेखि नै निर्वाचनको पक्षमा भएको उल्लेख गर्दै निर्वाचनले लोकतन्त्र, संघीयता र संविधान जोगिएको उल्लेख गर्दै आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताए । 

‘निर्वाचन नभएको भए देश अँध्यारो सुरुङभित्र जाने जोखिम थियो । निर्वाचनबाट संविधानलाई लिकमा ल्याउन सक्नु नै अहिले सबैको लागि महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘निर्वाचनको के परिणाम आयो भन्ने हाम्रो लागि मुख्य कुरा भएन । संघीयता, लोकतन्त्र र संविधान जोगियो । यो ठूलो कुरा हो ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउने तयारीमा भएकाले राम्रो काम गर्न शुभकामना समेत दिए । बैठकमा सहभागी नेता राजेन्द्र श्रेष्ठले छिट्टै बैठक बसी निर्वाचनको समीक्षा गरी कार्यक्रम बनाउने जानकारी दिए । 

बैठकमा जनवर्गीय संगठनहरू मजदूर, किसान, महिला र विद्यार्थी समायोजन छिट्टै गर्नेबारे छलफल भएको थियो ।

नेकपाको महाधिवेशन कहिले ? दाहाल र नेपालले चाहन्छन् जहिले

कान्तिपुर

Link copied successfully