२०७९ को निर्वाचनमा गोरखा–२ बाट तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका थिए भने बुर्लाकोटी दोस्रो भएका थिए ।
गोरखा — गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कविन्द्र बुर्लाकोटी विजयी वनेका छन् । २६ हजार ६६० मतसहित बुर्लाकोटी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । १४ हजार ९६० मतान्तरसहित बुर्लाकोटी विजयी भएका हुन् ।
नेकपाका लेखनाथ न्यौपानेले ११ हजार १७३ मत प्राप्त गरेर दोस्रो बने भने एमालेका मिलन गुरुङ (चक्रे मिलन) ३ हजार ८७ मत प्राप्त गरेर चौथो बनेका छन् । २०७९ को निर्वाचनमा गोरखा–२ बाट तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका थिए भने बुर्लाकोटी दोस्रो भएका थिए ।
