काठमाडौंमा रहेका नियोगका प्रमुखहरूसँग आयोगले आज निर्वाचन पर्यवेक्षणका सन्दर्भमा छलफलसमेत गर्दै छ ।
काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावको पर्यवेक्षणका लागि विभिन्न देशका निर्वाचन आयोगका प्रमुखहरूलाई निमन्त्रणा पठाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सार्कमा अफगानिस्तानबाहेक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका प्रमुख आयुक्तहरूलाई निमन्त्रणा पठाएको छ ।
त्यस्तै, अस्ट्रेलिया, दक्षिण कोरिया, रुस, इन्डोनेसिया, मलेसिया र जापानका निर्वाचन आयोगलाई पनि निमन्त्रणा गरिएको प्रवक्ता भट्टराईले बताए । यद्यपि, कुन–कुन देशबाट को–को आउने अहिलेसम्म सुनिश्चित भने भइनसकेको उनले जनाए ।
काठमाडौंमा रहेका नियोगका प्रमुखहरूसँग आयोगले आज निर्वाचन पर्यवेक्षणका सन्दर्भमा छलफलसमेत गर्दै छ ।
‘आयोगको निमन्त्रणामा बाहिरबाट आउने पाहुनाको आवासीय तथा भ्रमणसहितको सम्पूर्ण खर्च आयोगले बेहोर्नेछ,’ भट्टराईले भने, ‘यहाँ रहेका विदेशी नियोगका अधिकारीलाई निर्वाचन पर्यवेक्षणमा आयोगले सहजता गरिदिनेछ ।’
यसम्बन्धी विस्तृत स्टोरी आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
