एक महिना लगाएर गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा आगामी सरकारका मुख्य प्राथमिकता के हुनुपर्छ भन्ने प्रश्नमा २२ दशमलव ५ प्रतिशत (गाउँपालिका)ले सडक र यातायात हुनुपर्ने जवाफ दिएका छन् ।
What you should know
काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आममतदातामा उत्साह देखिएको छ । र नागरिकका रुपमा हुने समस्या, सरकारका प्राथमिकताका विषयमा नागरिकले आफ्नो धारणा राखेका छन् ।
२३ दशमलव प्रतिशत (नगरपालिका)ले शिक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् भने २१ दशमलव १ प्रतिशत(उप/महानगरपालिका)ले रोजगारीलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
सात वटा प्राथमिकता समावेश गरी आगामी सरकारको मुख्य प्राथमिकता के हुनुपर्छ भन्ने प्रश्नमा २१.२ प्रतिशतले सडक तथा यातायात, १६.८ प्रतिशतले रोजगारी, १५.४ प्रतिशतले शिक्षा, ९.१ प्रतिशतले स्वास्थ्य, खानेपानी तया सरसफाइ ६.६ प्रतिशत, कृषि र सिँचाइ ६.५ प्रतिशत, भ्रष्टाचार नियन्त्रण ३.१ प्रतिशत र ५.६ प्रतिशतले थाहा नभएको जवाफ दिएका छन् । यस्तै नागरिकका रुपमा तपाईंलाई कुनै समस्या छ भन्ने प्रश्नमा ७२ दशमलव ५ प्रतिशतले समस्या रहेको प्रतिक्रिया दिएका छन् ।
यस्तै २१ दशमलव ६ प्रतिशतले समस्या छैन भन्ने प्रतिक्रिया दिएका छन् भने ५ दशमलव ६ प्रतिशतले थाहा नभएको वा भन्न नचाहेको जवाफ दिएका छन् ।
नागरिकका मुख्य ८ समस्याहरुलाई लिएर गरिएको सर्वेक्षणमा सहभागीमध्ये तपाईंका लागि सबैभन्दा ठूलो समस्या के हो भन्ने प्रश्नमा १९.३ प्रतिशतले बेरोजगारी रहेको बताएका छन् । १७.८ प्रतिशतले आर्थिक कठिनाइ, सडकको दुरवस्था १२.३ प्रतिशत, स्वास्थ्य सेवा ९.३ प्रतिशत, खानेपानी ८ प्रतिशत, सिँचाइ ३.१ प्रतिशत, शिक्षा ३.१ प्रतिशत र २.६ प्रतिशतले कृषिलाई मुख्य समस्याका रुपमा राखेका छन् । मत सर्वेक्षणको परिणाम सामाजिक तथा राजनीतिक आयामअनुसार हरेक दिन प्रकाशित हुनेछ । यो सर्वेक्षण कान्तिपुर र सेयरकास्ट इनिसिएटिभको सहकार्यमा गरिएको हो ।
