भारतमा रहेका थापाका छोराहरू आउने क्रममा छन् ।
What you should know
काठमाडौँ — वरिष्ठ कलाकार सुनिल थापाको निधन भएपछि कलाकर्मी र उनका शुभचिन्तक नर्भिक अस्पताल पुगेका छन् ।
शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएका उनलाई शनिबार बिहान नर्भिक अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।
यतिबेला नीर शाह, तुलसी घिमिरे, सरोज खनाल,शिव श्रेष्ठ, विल्सनन विक्रम राई लगायतका कलाकार अस्पतालमा छन् ।
अस्पतालमै रहेका कलाकार तुलसी घिमिरेले भारतमा रहेका थापाका छोराहरू आउने क्रममा रहेको बताए ।
थापालाई नेपाली फिल्म क्षेत्रमा ‘राँते काइला’को उपनामले पनि चिनिन्छ । यो नाम उनले चलचित्र ‘चिनो’बाट पाएका थिए। थापाले पछिल्लो समय अभिनय गरेकाे नेपाली फिल्म ‘एक्लो’ हो।
उनले नेपाली फिल्महरुमा गोर्खा पल्टन, शिकारी, शिकारी २, पापी मान्छे, पापी मान्छे २, अल्झेछ क्यारे पछ्यौरी, देवर बाबू, कर्म योद्दा लगायतमा पनि अभिनय गरेका छन्। हास्य टेली शृङ्खला मेरी बास्सै, क्याप्टेन लगायतमा पनि उनले काम गरेका थिए। थापाले अभिनय गरेका धेरैजसो नेपाली फिल्ममा भने खलनायकको भूमिका निर्वाह गरेका छन्।
