जेन-जी जनआन्दोलनले लोकतन्त्रको परिभाषालाई पुनर्व्याख्या गर्दै थप समृद्ध बनाइदिएको छ : गृहमन्त्री अर्याल

गृहमन्त्री अर्यालले शुक्रबार काठमाडौंको गोकर्णेश्वरस्थित 'राष्ट्रिय सहिद तथा शान्ति पार्क (निजामती पार्क) पुगेर 'राष्ट्रिय सहिद दिवस- २०८२ तथा जेन-जी सुशासन योद्धा र अमर प्रहरीहरुको विवरण सहिद स्मृति स्तम्भ' उ‌द्‌घाटन कार्यक्रममा बोल्दै उक्त कुरा राखेका हुन् ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Gen-G People's Movement has redefined the definition of democracy and made it more prosperous: Home Minister Aryal

What you should know

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले पहिले पहिलेका लडाइँ लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि भए पनि समय, परिस्थितिले भदौ २३ गतेको जेन-जी जन-आन्दोलन विशुद्ध रूपमा सुशासन स्थापनाका लागि भएको बताएका छन् ।

गृहमन्त्री अर्यालले शुक्रबार काठमाडौंको गोकर्णेश्वरमा अवस्थित 'राष्ट्रिय सहिद तथा शान्ति पार्क (निजामती पार्क) पुगेर  'राष्ट्रिय सहिद दिवस-२०८२ तथा जेन-जी सुशासन योद्धा र अमर प्रहरीहरुको विवरण सहिद स्मृति स्तम्भ' उ‌द्‌घाटन कार्यक्रममा बोल्दै उक्त कुरा राखेका हुन् ।

'लोकतन्त्रको परिभाषा र बुझाइलाई हालै भएको जेन–जी आन्दोलनमार्फत सुशासनलाई अझै बढी मात्रामा समृद्ध बनाउँदै लग्ने छ,' मन्त्री अर्यालले भने । यस्तै, सरकारले हाल आफ्ना सेवा प्रवाहलाई पनि अझै बढी प्राथमिकता दिएर काम गरिरहेको उनले बताए । '२३ गतेको घटनामा खासगरी मानवताको उपहास भएको थियो,' मन्त्री अर्यालले भने, 'यसलाई हामीले रोक्नुपर्ने थियो भने २४ गतेको घटनाले राष्ट्र नै तलमाथि हुने स्थिति भनेको थियो र राष्ट्र विप्लव नै हुन्छ भन्ने थियो, त्यसलाई हामीले रोक्यौँ र अहिले शान्ति कायम भएर स्थिति सामान्यीकरण भएको छ ।'  

राष्ट्रको शान्ति सुरक्षा तथा नागरिकको अधिकारको संरक्षणमा कुनै सम्झौता नगरिने बताउँदै मन्त्री अर्यालले आजको पुस्ताले सहिदहरूको आदर्शबाट प्रेरणा लिएर इमानदारी, कर्तव्यनिष्ठा र देशप्रेमका साथ अघि बढी आफ्नो आचरण, निर्णय र कर्मबाट नै सहिदहरूको बलिदान सार्थक बनाउनुपर्नेमा जोड दिए ।

सरकार सहिदका सपना पूरा गर्न कटिबद्ध रहेको बताउँदै मन्त्री अर्यालले शान्ति, सुशासन, सामाजिक न्याय, समावेशी विकास र विधिको शासन सुदृढ गर्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने बताए ।

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा निकायका अधिकारीहरु स्थानीय तहका जनप्रतिनिधीहरु सहिद परिवार लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सधैं चुनावी एजेण्डा बनिरहेको सेती अस्पताल

कान्तिपुर

Link copied successfully