चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित

सेन्सर बोर्डका ठाउँमा प्रमाणिकरण समिति राख्दै चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Draft report of Film Bill, 2081 passed

काठमाडौँ — संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

सोमबार सिंहदरवारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरेको हो । समसामयिक हुने गरी सो विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिनु भयो । 

 सभापति दाहालले आफुहरुले २०२६ सालमा बनेको ऐनलाई हरेक दफाहरुमा हेरेर समसामयिक बनाउने प्रयास गरिएको बताइन् । उनले भनिन, 'धेरै संशोधनहरुलाई स्विकार पनि गरिएको छ । अहिले जुन यो डिजिटलको युग छ । त्यो युग अनुसार हामीले यो विधेयकलाई परिमार्जन गरेका छौँ ।’


विधेयकमा सेन्सर बोर्डका ठाउँमा प्रमाणिकरण समिति राखिएको छ । त्यसैगरी सो समितिको अध्यक्षमा विज्ञहरुलाई नियुक्त गर्ने प्रावधान राखिएको छ ।

सभापति दाहालका अनुसार सो विधेयकको मस्यौदा प्रतिवेदनलाई भोली (मंगलबार) बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने कार्यसूचि तय गरिएको छ । 

सम्बन्धित सामाग्री 

चलचित्र विधेयक, २०८१ माथि २० प्रश्न

कान्तिपुर

Link copied successfully