मन्त्री गुप्ताको अमेरिका भ्रमण : विभाजित एनआरएनएबीच विज्ञप्तिबाजी

अमेरिकामा एनआरएनए दुई समूहमा विभाजित हुँदा मन्त्री गुप्ताको भ्रमण तीव्र विवादमा परेको छ ।

पुस २५, २०८२

सुदीप शिवाकोटी

Minister Gupta's US visit: Statement-making among divided NRNAs

What you should know

अमेरिका — युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिका बोलाइएको विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाबीच नै विवाद चर्किएको छ । 

अमेरिकामा एनआरएनए नै विभाजित भएर दुईवटा छन् । मन्त्री गुप्तालाई अमेरिकाको टेक्सस राज्यको डालस सहरमा जनवरी १६ मा हुने युवा सम्मेलनमा बोलाइएको विषयमा एनआरएनएबीच विवाद चर्किएको हो ।

अध्यक्ष विकास उप्रेती नेतृत्वको एनआरएनएले जनवरी १६-१७ मा आयोजनाको तयारी गरेकोे 'रुल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ द नेपाल पोस्ट जेनजी रिभोलुसन' विषयक युवा सम्मेलनमा मन्त्री बब्लुलाई बोलाइएको भन्दै सतेन्द्र साह नेतृत्वको एनआरएनएले आपत्ति जनाएको हो । 

साह नेतृत्वको एनआरएनले आफूहरू आधिकारिक भएकाले आफूहरुले कुनै कार्यक्रम आयोजना नगरेको र मन्त्री गुप्तालाई निमन्त्रणा पनि नगरेको दाबी गरेको छ । साहले आधिकारिक एनआरएनए आफूहरु भएको दाबी गरे । 'हामीले कसैलाई कार्यक्रममा बोलाएका छैनौं र कार्यक्रम पनि राखेका छैनौं,' उनले भने ।

Minister Gupta's US visit: Statement-making among divided NRNAs

उता, उप्रेती नेतृत्वको एनआरएनएले आफूहरुले मन्त्री गुप्तालाई मात्र निमन्त्रणा पठाएको जनाएको छ । उप्रेती नेतृत्वको एनआरएनका प्रवक्त्ता द्रोण गौतमले विज्ञप्ति जारी गर्दै आधिकारिक रुपमा मन्त्रालयमार्फत मन्त्री गुप्तालाई निमन्त्रणा गरिएको दाबी गरिएको छ । गौतमले कान्तिपुरसँग कुरा गर्दै आफूहरुले आयोजना गर्ने कार्यक्रममा जेनजीलाई समेट्न खोजेकाले मन्त्री गुप्तालाई निमन्त्रणा गरिएको बताए । उनले साह नेतृत्वले कार्यक्रममा असर पार्ने उद्देश्य राखेकाले मन्त्रीलाई अनावश्यक विवादमा पारेको बताए ।

Minister Gupta's US visit: Statement-making among divided NRNAs

'जनवरी १६ र १७ मा निर्धारित कार्यक्रम आयोजना हुन्छ,' प्रवक्ता गौतमले भने, 'तर मन्त्री गुप्ता उपस्थित हुने वा नहुनेबारे निश्चित छैन ।'

साह नेतृत्वको एनआरएनएका प्रवक्ता सन्देश उप्रेतीद्वारा जारी विज्ञप्तिमा मन्त्रीलाई संलग्न गराइने कार्यक्रम पूर्ण रुपमा अनधिकृत ढंगगले अघि बढाइएको दाबी गरेको छ । 'मन्त्री गुप्तालाई निमन्त्रणा गरिएको कार्यक्रम आर्थिक, सामाजिक र कानुनी रुपमा समेत गलत भएकाले यसका विरुद्ध नेपालस्थित अमेरिकी दूतावास र होमल्यान्ड सेक्युरिटीमा उजुरी गर्ने तयारी छ,' कान्तिपुरसँग प्रवक्ता उप्रेतीले भने ।

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully