निर्वाचनको वातावरण बनिसकेको छैनः ओली

सचिवालय बैठकमा एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैं निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको दाबी गरे।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

The environment for elections has not been created yet: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनिनसकेको बताएका छन्।

सचिवालय बैठकमा एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैं निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको दाबी गरे।

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने तथा संसद् पुनःस्थापना हुन नदिने कार्यमा दबाब दिइरहेको उल्लेख गर्दै यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो। नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको छ र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको आरोप लगाए।

‘यस्तो परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारु र सशक्त ढंगले अघि बढाउनुपर्छ,’ उहाँले जोड दिनुभयो। प्रत्येक तहमा युवाको सक्रिय परिचालन गर्दै टोल–टोलमा नेसनल युथ भोलिन्टियर्स फोर्स गठन गर्नुपर्ने र निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्ने छ, उनले भने।

२४ कार्तिकमा एमालेले सुरु गरेको घर फर्क अभियान कार्यक्रममा बोल्दै ओलीले  टोल टोलामा सुरक्षा दस्ता गठन गर्ने बताएका थिए । ३ पुसमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि पनि ओलीले यही कुरा दोहोर्याएका थिए । उनले सरकारको मात्रै भर पर्दा धोका पाउन सकिने भन्दै एक हप्ताभित्र देशभर टोल–टोलमा सुरक्षा समिति बनाउन निर्देशन दिएका थिए । उनले आफ्नै खुट्टामा उभिएर आफ्नै सुरक्षा गर्नुपर्ने भन्दै अहिले देशमा असुरक्षा रहेको बताउँदै भनेका थिए, ‘टोल–टोलमा सुरक्षा समिति अविलम्ब बनाउनुहोस्। एक हप्ताभित्र।’

सम्बन्धित समाचार

एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

कान्तिपुर संवाददाता

Link copied successfully