मधेशी, थारु र मुस्लिम आयोगको संयुक्त अपिल : धार्मिक र साम्प्रदायिक सद्भाव कायम गरौं

तीन आयोगले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न संयुक्त रुपमा अपिल गरेका हुन् ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Joint appeal of Madhesi, Tharu and Muslim Commissions: Let's maintain religious and communal harmony

काठमाडौँ — केही समययता तराई मधेशका केही स्थानमा धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप देखिएकोले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न मधेशी, थारु र मुस्लिम आयोगले संयुक्त रुपमा अपिल गरेका छन् ।

Joint appeal of Madhesi, Tharu and Muslim Commissions: Let's maintain religious and communal harmonyनेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय एक आपसमा मिलेर बसेको समाज भएको बताउँदै उनीहरुले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न अपील गरेका हुन् ।

सोमबार मात्रै सरकारले धार्मिक सद्भाव कायम राख्ने गरी विशेष योजना लागू गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्री ओमप्रकाश अर्याल र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले सोमबार २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग भर्चुअल माध्यमबाट बैठक आयोजना गरी सामाजिक र सांस्कृतिक सद्भावमा खलल गर्ने जो–कसैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

कान्तिपुर

Link copied successfully