बालेन्द्र शाहसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा अनुमोदन

रास्वपाक केन्द्रीय समितिको आइतबार बसेको दोस्रो बैठकले बालेन्द्र शाह पक्षलाई केन्द्रीय समितिमा अनुमोदन गरेको हो ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

26 people, including Balendra Shah, approved as RSP central members

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरका मेयर तथा पार्टीबाट आगामी प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ । 

आइतबार साँझ बसेको केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । 'यस बैठकले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रुपमा अनुमोदन गरेको छ,' झाले भने ।

रास्वपाको आजै बसेको पहिलो केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको थियो ।

पुस १३ मा रास्वपा र बालेन्द्र शाहबीच एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बालेन्द्रलाई आगामी चुनावपछि बहुमत आएको अवस्थामा प्रधानमन्त्री बनाउने सहमति भएको थियो । 

26 people, including Balendra Shah, approved as RSP central members

सम्बन्धित समाचार :

कान्तिपुर

Link copied successfully