पूर्वमन्त्री गुप्तालाई भ्रष्टाचार मुद्दामा अदालतले थुनामा पठायो

असार ३१ मा बिचौलियासँग घुससम्बन्धी संवादको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Court remands former minister Gupta in corruption case

काठमाडौँ — विशेष अदालतले घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । गुप्ता पोखराको बाटुलेचौर जग्गा प्रकरणमा मुछिएका थिए ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनुपर्ने आदेश गरेको हो । बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले उनलाई थुनामै राखी मुद्दा अघि बढाउन आदेश दिएको छ ।

असार ३१ गते बिचौलियासँग घुससम्बन्धी संवाद सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठेको थियो । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियो त्यतिबेला सार्वजनिक भएको थियो ।

Court remands former minister Gupta in corruption case

Court remands former minister Gupta in corruption case

सम्बन्धित समाचार

घूस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

राजकुमारले राजीनामा दिए, बलराम अझै बलिया

बाटुलेचौर जग्गा प्रकरणबारेका सबै समाचार पढनुहोस्

कान्तिपुर

Link copied successfully