इकान्तिपुरको 'घर खर्च' स्तम्भमा मंसिर ३ गते 'न भोलिलाई अन्न छ, न त फेरफार गर्ने लुगा' नै शीर्षकमा समाचार प्रकाशन भएपछि ५० हजार १ सय ७५ नगद सहयोग जुटेको थियो ।
डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका-१ की ९० वर्षीया गोरी सार्कीलाई आर्थिक सहयोग जुटेको छ । इकान्तिपुरको 'घर खर्च' स्तम्भमा मंसिर ३ गते 'न भोलिलाई अन्न छ, न त फेरफार गर्ने लुगा' नै शीर्षकमा समाचार प्रकाशन भएपछि ५० हजार १ सय ७५ नगद सहयोग जुटेको थियो ।
काठमाडौंस्थित साङ्ग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत लक्ष्मण कार्कीको पहलमा देश विदेशबाट आर्थिक सहयोग जुटेको हो।
उक्त रकम माछापुच्छ्रे बैंक डोल्पामा रहेको उनैको खातामा जम्मा गरिएको कार्कीले बताए । कार्कीले जीवनयापन गर्न गोरीलाई अलिकति भए नि सहज होस् भनेर सहयोग जुटाइएको बताए ।
सार्कीको परिवारमा उनी र एक छोरा छन् । छोरा अपांग भएपछि दैनिक छाक टार्न नै धौधौ छ । यसअघि पनि सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरेपछि उठेको ६० हजार ९ सय ६४ रुपैयाँ सार्कीकै खातामा जम्मा गरिसकिएको छ ।
