प्रभु बैंकका सीईओसहित ४ जना थप ५ दिन थुनामा रहने

सोमबार न्यायाधीश लालबहादुर कुँवर र गीताप्रसाद तिम्सिनाको वाणिज्य इजलासले उनीहरुलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Prabhu Bank CEO, 4 others to remain in custody for 5 more days

काठमाडौँ — प्रभु बैंकका सीईओसहित ४ जना थप ५ दिन थुनामा रहने भएका छन् ।

प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि सोमबार पाटन उच्च अदालतका न्यायाधीशद्वय लालबहादुर कुँवर र गीताप्रसाद तिम्सिनाको वाणिज्य इजलासबाट  पुन: ५ दिन म्याद थप भएको हो । 

बैंकका सीईओ शेरचनसहित ४ जनालाई मंसिर १४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिजुलीबजारस्थित प्रधान कार्यालयबाट पक्राउ गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully