जहाज चढेर कतार जाने हात्ती राख्न तीन महिना लगाएर बनाइयो खोर

राष्ट्रिय प्रकृति संरक्षण कोषले चार्टर विमानभित्र अट्ने गरी यो विशेष प्रकृतिको खोर निर्माण गरेको थियो ।

मंसिर २९, २०८२

प्रकृति दाहाल

It took three months to build a cage to house elephants bound for Qatar by plane.

What you should know

काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जमा हुर्केका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई कतार पठाउन राष्ट्रिय प्रकृति संरक्षण कोषले तीन महिना लगाएर विशेष प्रकृतिको फलामे खोर निर्माण गरेको थियो । कोषका सब–इन्जिनियर आनन्दराम थापाका अनुसार यस्तो खोर बनाउन तीन महिना लागेको हो ।

फलाम र  जीआई पाइप प्रयोग गरेर बनाइएको उक्त खोरको तौल मात्रै करिब तीन टन रहेको छ । हात्ती लिन कतारबाट आउने चार्टर विमानभित्र अट्ने गरी खोर निर्माण गरिएको बताउँदै उनले भने, ‘अगाडि–पछाडि नहल्लियोस् भनेर विशेष ख्याल गरेका छौँ ।’ यही खोरमा हात्ती राखेर ट्रकमार्फत भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म लगिने र सोही खोरसहित जहाजभित्र राखेर पठाइने उनले बताए ।

It took three months to build a cage to house elephants bound for Qatar by plane.

१५ सय किलो तौलको रुद्रकली ७ वर्ष २ महिना उमेरकी छ भने १६ सय किलो तौलको खगेन्द्रप्रसाद ६ वर्ष १ महिना उमेरको छ । २०८१ वैशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणका दौरान नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने घोषणा गरेको थियो । खगेन्द्रप्रसाद र रुद्रकली अब कतारको अल–खोर चिडियाखानामा रहनेछन् ।

सम्बन्धित समाचार

कतारका लागि सौराहाबाट हिँडे खगेन्द्रप्रसाद र रुद्रकली

दुईवटा हात्ती कतार पठाइँदै, सबै तयारी पूरा

कतारका अमिरको नेपाल भ्रमण : कतारलाई २ हात्ती उपहार दिइने

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully