प्रधानमन्त्री कार्कीलाई प्रसाईंले पहिले दिए दुर्गाको मूर्ति अनि मागे माफी

सोमबारको वार्ताका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले– 'सडकमा बसेर जे पनि भनेर गालीचैं नगर्नुस्' भनेपछि प्रसाईंले– ‘मैले भनेका कुरामा सरी भन्छु । माफी माग्छु' भन्दै माफी मागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

Prasai first gave a Durga statue to Prime Minister Karki and then apologized.

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यसअघिका आफ्ना अभिव्यक्तिका लागि माफी मागेका छन् ।

सोमबारको वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले 'सडकमा बसेर जे पनि भनेर गालीचैं नगर्नुस्' भनेपछि प्रसाईंले ‘मैले भनेका कुरामा सरी भन्छु । माफी माग्छु' भन्दै माफी मागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

वार्ताका क्रममा प्रसाईंले यसअघि मंसिरमा आफू नेतृत्वको समूहले बुझाएका कुनै पनि माग कार्यान्वयन नभएको भनि गुनासो राखेका थिए भने केहीबेरमै उनले प्रधानमन्त्री कार्कीसमक्ष माफी पनि मागेका थिए ।

भेटको सुरुवातमै प्रसाईंले प्रधानमन्त्रीलाई दुर्गाको मूर्ति उपहार दिएका थिए । प्रधानमन्त्री कार्कीले दुर्गा माताकै रुप धारण गरेर काम गर्न पनि सक्ने भन्दै उनले प्रश‌ंसासमेत गरेका थिए । ‘तपाईं माता हो दुर्गा हो । त्यो रुप धारण गरेर काम गर्नुहोस् भनेर मैले भनेको छु,’ वार्तापछि प्रसाईंले बाहिर आएर पत्रकारसँग सुनाए । 

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजकसमेत रहेका प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे सोमबार प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग छलफल भएको हो ।

प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो । प्रसाईंसँग संवाद जारी राख्ने विषयमा समेत आजको वार्तामा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully