प्रधानमन्त्री र गृहमन्त्रीसँग वार्ता गर्न दुर्गा प्रसाईं सिंहदरबारमा

केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालयले पत्र पठाएर प्रसाईंलाई वार्ताका लागि आह्वान गरेको थियो ।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

Durga Prasai arrives at Singha Durbar to hold talks with the Prime Minister and Home Minister

काठमाडौँ — 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान' का दुर्गा प्रसाईं र प्रधानमन्त्री सुशीला कार्कीबीच वार्ता सुरु भएको छ । सोमबार अपराह्न प्रसाईं नेतृत्वको समूह र प्रधानमन्त्री कार्की एवं गृहमन्त्री ओमप्रकाश अर्याललगायतसँग वार्ता सुरु भएको हो । 

प्रसाईं समूहबाट वार्तामा १९ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालयले पत्र पठाएर प्रसाईंलाई वार्ताका लागि आह्वान गरेको थियो । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पत्र लेख्दै सोमबार छलफलमा बोलाएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully