प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

करिब १३ करोड रुपैयाँ बिगो कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Corruption case against 6 people including NEA Director General Adhikari

काठमाडौँ — नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक भण्डारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । करिब १३ करोड रुपैयाँ बिगो कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियारले अनुसन्धान गरेको थियो । इआईए नगरी आयोजना निर्माण गरेको, निर्माणमा अनियमितता गरेकोलगायत कसुर स्थापित भएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

कान्तिपुर

Link copied successfully