अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारी बुधबार बयान दिन जाँदा कार्यालय परिसरबाटै अख्तियारले पक्राउ गरेको हो ।
काठमाडौँ — नलिन्चोक हेलिप्याड निर्माण अनियमितता प्रकरणमा बयान दिन आएकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरेको छ । अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारी बुधबार बयान दिन जाँदा कार्यालय परिसरबाटै अख्तियारले पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।
प्राधिकरणले भक्तपुरको नलिन्चोकमा आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा पनि उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ । नलिन्चोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पनि प्रश्न उठ्दै आएको छ । प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको समेत उजुरीमा उल्लेख थियो ।
हेलिप्याडको उद्घाटन ७ असार २०८१ मा तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेका थिए । ईआईए नगरी हेलिप्याड निर्माण र ठेक्का प्रक्रिया अघि बढाइएको थियो । स्थानीयहरूले समेत यस आयोजनाको विरोध गरेका थिए । त्यस्तै हेलिकोप्टर पाइलटहरूले पनि ‘नलिञ्चोक हेलिप्याड असुरक्षित’ भनेका थिए ।
सम्बन्धित समाचार
