एमालेले नेताहरूप्रति सुरक्षा खतरा बढेको भन्दै नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दैछ
काठमाडौँ — एमालेले नेसनल भोलेन्टियर फोर्स घोषणा गर्ने भनिरहेका बेला जेन-जी समूहका घाइते भन्दै एउटा समूह माइतीघर मण्डलमा धर्नामा बसेको छ । एमालेले तीनकुनेबाट निकालेको र्याली माइतीघरतर्फ निस्किसकेको छ ।
एमालेले बबरमहल हुँदै माइतीघर पुगेर कार्की ब्यांक्वेटमा नेसनल भोलेन्टियर फोर्सको औपचारिक रूपमा घोषणा हुँदैछ ।
तस्बिरहरू : दिपेन श्रेष्ठ/कान्तिपुर
अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम छ । एमालेले नेताहरूप्रति सुरक्षा खतरा बढेको भन्दै फोर्स घोषणा गर्न लागेको उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ ।
