‘जेन–जी’ प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई चार प्रकारमा वर्गीकरण

चोटपटकका आधारमा सरकारले घाइतेहरुको वर्गीकरण गरेको हो ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Those injured during the 'Gen-G' protests have been classified into four types

काठमाडौँ — सरकारले ‘जेन–जी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको बताए । उनका अनुसार घाइतेहरूलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ ।

सरकारले यही वर्गीकरणका लागि मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ । जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्याइएको मन्त्रालयले जनाएको छ ।

वर्गीकरणअनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराउने सरकारी तयारी छ । सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ प्रदर्शनका क्रममा दुई हजार ५७२ जना घाइते भएका थिए ।

सम्बन्धित समाचार 

घाइते जेन-जी र सहिदका नाममा इन्टरनेटमा चन्दा संकलन, धेरै पीडित अनभिज्ञ

कान्तिपुर संवाददाता

Link copied successfully