राष्ट्रिय परिचय पत्र हुनेको मतदाता नामावली दर्ता घरबाटै

अब राष्ट्रिय परिचय पत्र बनाइसकेकाहरूले मतदाता नामावली दर्ताका लागि घरबाटै अनलाइन फारम भरेर नाम दर्ता गराउन सक्ने छन्।

कार्तिक २७, २०८२

राजेश मिश्र

Voter registration for those with national identity cards from home

काठमाडौँ — निर्वाचन आयोगले मतदाता सूचीमा नाम दर्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको व्यक्तिको जैविक तथ्यांक (बायोमेट्रिक्स) प्रयोग गर्ने भएको छ ।

 मतदाता सूचीमा नाम लेखाउनेको चाप बढेपछि त्यसलाई सहज बनाउन राष्ट्रिय परिचयपत्रका लागि लिइएको ‘बायोमेट्रिक्स’ तथ्यांकलाई प्रयोग गर्ने निर्णय भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए। बिहीबार आयोगमा जेन-जी युवाहरू समेतको उपस्थितिमा आयोगले राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक विवरण प्रयोग गर्ने परीक्षणसहित शुभारम्भ गरेको छ। 

कार्यवाहक आयुक्त भण्डारीले अब राष्ट्रिय परिचय पत्र बनाइसकेकाहरूले मतदाता नामावली दर्ताका लागि घरबाटै अनलाइन फारम भरेर नाम दर्ता गराउन सक्ने छन्। 

अब बायोमेट्रिक गराउन जिल्ला निर्वाचन कार्यालय पुगिरहनु पर्ने छैन। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार अपराह्न सिंहदरबारमा बसेका आयोगका पदाधिकारी र पञ्जीकरण विभागका अधिकारीहरूबीच बैठकले यस्तो निर्णय गरेको थियो।

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully