नोट छपाइका लागि राष्ट्र बैंकले १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलर (करिब १ अर्ब ४८ करोड रुपैयाँ) भुक्तानी गर्नेछ।
काठमाडौँ — नेपाल राष्ट्र बैंकले रुपैयाँ ५० दरका ४२ करोड थान बैंक नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनीसँग करार सम्झौता गरेको छ।
नोट छाप्नका लागि बोलकबोल प्रक्रियाबाट छनोट भएको ‘बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङ, चीन’ कम्पनीसँग राष्ट्र बैंकले उक्त सम्झौता गरेको हो ।
उल्लिखित नोट छपाइका लागि राष्ट्र बैंकले १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलर (करिब १ अर्ब ४८ करोड रुपैयाँ) भुक्तानी गर्नेछ। उल्लिखित खर्चका आधारमा नयाँ छापिने नोटमा प्रतिथान ३ रुपैयाँ ५२ पैसा लागत लाग्नेछ।
सम्बन्धित समाचार
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
