ट्रमा सेन्टरमै पुगेर अर्थमन्त्रीले दिए जेन-जी आन्दोलनका घाइतेलाई मतदाता परिचयपत्र

‘बायोमेट्रिक्स’ तथ्यांकका आधारमा अब उनिहरुले इमेलमै मतदाता परिचयपत्र पाउनेछन् ।

कार्तिक २७, २०८२

समर्पण श्री

Finance Minister visits trauma center, gives voter ID cards to Gen-G protest victims

काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय परिचयपत्रका लागि लिइएको ‘बायोमेट्रिक्स’ तथ्यांकलाई प्रयोग गरेर मतदाता परिचयपत्र बनाउने कामको शुभारम्भ गरेका छन् ।

अर्थमन्त्रीको उपस्थितिमा ट्रमा सेन्टरमा उपचाररत घाइते प्रकाश बोहोरा र मुकेश अवस्थीले अस्पतालकै बेडबाट मतदाता परिचयपत्रका लागि फारम भरेका हुन्। ‘बायोमेट्रिक’ तथ्यांकका आधारमा अब उनीहरूले इमेलमै मतदाता परिचयपत्र पाउनेछन्।

मतदाता सूचीमा नाम लेखाउनेको चाप बढेपछि त्यसलाई सहज बनाउन आयोगले यो अभ्यास सुरु गरेको हो। बिहीबार निर्वाचन आयोगमा जेन–जेड युवासमेतको उपस्थितिमा आयोगले राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक विवरण प्रयोग गर्ने परीक्षण गरेको थियो।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार अपराह्न सिंहदरबारमा बसेका आयोगका पदाधिकारी र पञ्जीकरण विभागका अधिकारीहरूबीच बैठकले यस्तो निर्णय गरेको थियो । प्रधानमन्त्रीको निर्णय लगत्तै राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभाग र आयोगका सूचना प्रविधी शाखाका कर्मचारीहरुले रातोदिन काम गरेका थिए ।

सम्बन्धित समाचार 

राष्ट्रिय परिचय पत्र हुनेको मतदाता नामावली दर्ता घरबाटै 

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully