गृहमन्त्रीसँग छलफलमा दुर्गा प्रसाईंका तर्फबाट को-को सहभागी भए?

प्रसाईंको अभियानका तर्फबाट ६ सदस्यले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी कुराकानी गरेका हुन्।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Who participated on behalf of Durga Prasain in the discussion with the Home Minister?

काठमाडौँ — सरकारले पहिलो पटक दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानसँग संवाद गरेको छ। प्रसाईंका तर्फबाट अभियानका ६ सदस्यले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी कुराकानी गरेका हुन्।

सिंहदरबारस्थित मन्त्रालयमा प्रसाईंको अभियानका तर्फबाट प्रेम थापा मगर, प्रमदीप लिम्बु, देवी प्रसाद संग्रौला, माधवप्रसाद खतिवडा, तेजेन्द्र रायमाझी र मकबुल शाह सहभागी थिए।

उनीहरूले गृहमन्त्री अर्याललाई ज्ञापन पत्र पनि बुझाएका छन्। त्यसमा २६ बुँदे माग राखिएका छन्। ती मागमा व्यवस्था परिवर्तन, हिन्दुराष्ट्र स्थापना, गरिब जनताको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा, त्यसभन्दा बढी ऋण ५ प्रतिशत ब्याजमा २५ वर्षमा तिर्न पाउने व्यवस्था लगायतका विषयहरू समावेश गरिएको छ।

छलफलका क्रममा अभियानबाट मन्त्रालय पुगेकाले सरकारले पहिलो पटक उनीहरूको कुरा सुन्न खोजेको भन्दै खुशी व्यक्त गरेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully