दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २६ बुँदे माग

प्रसाईं समूहका तर्फबाट माधव कल्पितसहितका सदस्यहरुले राजसंस्था फर्काउनुपर्ने, हिन्दुराष्ट्र स्थापना गर्नुपर्नेसहितका मागहरु राखेका छन् । 

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Durga Prasai group puts forward 26-point demands to the government

काठमाडौँ — सरकारसँग वार्ताका लागि सिंहदरबार पुगेको दुर्गा प्रसाईंको समूहले २६ बुँदे माग अघि सारेको छ। राजसंस्था फर्काउनुपर्ने, हिन्दुराष्ट्र स्थापना गर्नुपर्नेसहितका मागहरु प्रसाईंको समूहका तर्फबाट माधव कल्पितसहितका सदस्यहरुले राखेका छन् । 

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, सडकमा संघर्ष गरिरहेका पक्षसँग सरकारले वार्ता र संवादको माध्यमबाट समाधान खोज्ने नीति लिएकाले छलफल गरिएको हो । 'उहाँहरुले समय मागेकाले उपलब्ध गराइएको हो', उनले कान्तिपुरसँग भने, '६ जना आउनुभएको थियो, उहाँहरुका कुराहरु सुन्यौं ।' 

प्रसाईंका तर्फबाट गरिब जनताको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा, त्यसभन्दा बढी ऋण ५ प्रतिशत ब्याजमा २५ वर्षमा तिर्ने मौका पाउनुपर्नेसहितका माग समेत राखेको थियो।

कान्तिपुर

Link copied successfully