दलले आयोगबाट दीप ज्योती चुनाव चिन्ह पाएको छ ।
काठमाडौँ — गतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । दलले दीप ज्योती चुनाव चिन्ह आयोगबाट पाएको छ ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष रहेका वीरेन्द्रबहादुर बस्नेत सहितको संग्लनतामा खुलेको यो दलका अध्यक्षमा दिनेशराज प्रसाइ रहेका छन् ।
उनीहरुले गत असोज ३० मा दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले आफ्नो पहिलो अवधारणा केही दिन अघि भैरहवामा सार्वजनिक गरेको थियो ।
गलोपा अध्यक्ष दिनेशराज प्रसाईंसँग गरिएको कुराकानी पढनुहोस्
