आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो ।
काठमाडौँ — अनुसन्धानका लागि पक्राउ परेका नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो । ६६ वर्षीय कार्की अवकाशप्राप्त सहसचिव हुन् । उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे अनुसन्धानका लागि पक्राउ गरिएको थियो । उनीमाथि अनुसन्धान सुरु भएको र थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग सरकारी वकिलले गरेपछि अदालतले पहिलो पटक ८ दिनको म्याद दिएको हो ।
संस्थालाई नोक्सानी हुनेगरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । उक्त जग्गा लिजमा दिने कार्यमा अन्य शक्तिशाली मानिसहरुकोसमेत संलग्नताको कनेक्सन देखिएकाले उनलाई थुनामै राख्ने पर्ने तर्क अदालतमा गरेका थिए ।
