केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल ट्रस्टमा लिज सम्झौतामा अनियमितता भएको आशंकामा पूर्व सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।
काठमाडौँ — दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा लिजमा दिने सम्झौताबारे प्रहरीले अनुसन्धान थालेको छ । कम्पनीलाई नोक्सानी हुने गरी ३० वर्षका लागि लिजमा दिने सम्झौता भएको भन्दै प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार, अनुसन्धानका लागि नेपाल ट्रस्टका तत्कालीन सहसचिव ६६ वर्षीय लेखबहादुर कार्की पक्राउ परेका छन् ।
‘शुक्रबार पक्राउ गरेर थप अनुसन्धान थालेका छौँ,’ केसीले भने । प्रहरीका अनुसार, प्रारम्भिक जाँचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा उल्लेख भएको ४६०६ को जग्गाभन्दा बढी कित्ता नं ४६०५ समेत गरेर लगेर सञ्चालन समितिको निर्णय र आधारविना लिजमा लिने सम्झौता भएको पाइएको छ ।
हाल अवकाश प्राप्त सहसचिव कार्कीको बयानका आधारमा थप अनुसन्धान अघि बढ्ने प्रहरीको भनाइ छ ।
यो पनि पढ्नुहोस् :
