आगजनी र तोडफोडबारे अनुसन्धान गर्न भन्दै अदालतले दियो प्रहरीलाई जाहेरी

आगजनी, तोडफोड र लुटपाटमा संलग्नबारे अनुसन्धान गरिदिन भन्दै अदालत प्रशासनले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको हो  ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

The court has filed a complaint with the police, asking them to investigate the arson and vandalism.

काठमाडौँ — जेन-जी आन्दोलन र प्रदर्शनका बेला आगजनी र तोडफोडमा परेको सर्वोच्च अदालत र जिल्ला अदालत, काठमाडौंका तर्फबाट प्रहरीमा जाहेरी परेको छ ।

आगजनी, तोडफोड र लुटपाटमा संलग्नबारे अनुसन्धान गरिदिन भन्दै अदालत प्रशासनले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको हो  ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । जाहेरी आउनुअघि समेत प्रहरीले अदालत जलाइएको विषयसहित २४ भदौका घटनामा छानबिन गरिरहेको थियो । 

२४ भदौमा भएको तोडफोड र आगजनीका कारण सर्वोच्च, काठमाडौं जिल्ला अदालतसहित देशभरका २३ न्यायालयमा क्षति पुगेको थियो । १० वटा अदालतमा पूर्ण क्षति हुनुका साथै ९ वटा आंशिक र ४ वटा अदालतमा सामान्य क्षति भएको थियो । आगजनी र तोडफोड भए पनि प्रायः अदालतले यतिबेला जेनतेन न्याय सम्पादन सुरु गरिसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully